महेन्द्र माविलाई पाचौं पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
पाेखरा | मंसिर १७, २०८०
पोखरा: कास्कीको माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालयले लाहाचोकले जितेको हो । महेन्द्र माविको निरन्तर पाचौं पटकको जित हो ।
महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा.विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो । उदय मा.वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो । प्रथमले नगद रु १५ हजार ,द्धितियले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । साथै विद्मार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गर्नुभयो ।
वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगतझै जिल्ल,प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यमा बाट माछापुच्छे« गाउँपालिकालाई चिनाउन आग्रह गर्नुभयो ।
माछापुच्छे गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि विद्मालय,विद्मार्थी साथै विभिन्न भुमिकामा रहनुहुने सम्पुर्ण माहनुभाहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।
महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका कुल ३ सय ८३ विद्मार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताउनु भयो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

